कुम्भ करणमा दोहोरी


कुम्भ करण नामक फिल्मको लोकलयमा आधारित एक गीतको भिडियो सार्वजनिक गरिएको छ। कुटु कुटु बोलको गीतमा समीर आचार्य र सुधा रत्नको स्वर तथा गोविन्द मधुर आचार्यको शब्द र संगीत छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारले दोहोरी खेलेका छन्। भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, प्रतिभा क्षत्री, सद्भाव थापाले यो फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेका छन्।

फिल्म दीपक वलीले निर्देशन गरेका हुन्। फिल्मले एउटा प्राथमिक विद्यालयमा काम गर्ने कर्मचारी र शिक्षिकाबीचको प्रेमलाई कथावस्तु बनाएको छ।