विद्याको चित्त दुखाइ


बलिउड नायिका विद्या बालन यतिखेर बलिउडमा व्यस्त र चर्चित नायिकामध्येमा गनिन्छिन्। हाल उनी आफ्नो नया“ फिल्म बेगम जानको प्रोमोसनमा व्यस्त छिन्।

तर कुनै बेला यस्तो समय पनि थियो कि उनी सहभागी भएको कार्यक्रममा कुनै पनि मिडिया या पत्रकारले उनलाई वास्तै गर्दैनथे। एक अन्तरवार्तामा उनले एकपटक बलिउड स्टार अमीर खानलाई आफ्नो मिडियामा कभर गर्ने क्रममा मिडियावालेले उनलाई धक्कासमेत लगाएर गएको सुनाएकी छिन्।

पछिल्लो समय एक भारतीय सञ्चारमाध्यमले उनलाई के यस्तो समय पनि थियो जुन समय तपाईंको इगो हर्ट भएको थियो भनेर गरेको प्रश्नमा विद्याले मुख खोलेकी छिन्। ‘हो मलाई यस्तो धेरैपटक भएको थियो। त्यसमध्ये एक म एउटा प्रसंग शेयर गर्न चाहन्छु।

एकपटक म फ्युनरलमा गएको थिए“। त्यति बेला म इन्डस्ट्रीमा नया“ थिए“ र उक्त कार्यक्रममा सहभागी हुने म एक मात्र एक्ट्रेस थिए“’, उनले खुलाएकी छिन्– ‘त्यसकारण फोटोग्राफर मेरो तस्वीर लिइरहेका थिए र उनीहरू मस“ग कुराकानी गर्दै थिए। तर जब त्यहा“ आमिर खान पुगे, उनीहरू मलाई एक साइडमा धकेलेर पन्छाउ“दै आमिरको नजिक गएर उनको फोटो लिन थाले उक्त समयमा मलाई निकै हर्ट भएको थियो।’