कृति हलिउडको विज्ञापनमा

0
Shares

नेपाली चेली कृति शर्मा हलिउड विज्ञापनमा देखिएकी छिन्। अभिनेता, निर्देशक, निर्माता तथा प्रदर्शक अशोक शर्माको छोरी उनी एबे सपिङ अनलाइनको विज्ञापनमा देखिएकी हुन्।

१ मिनेट १२ सेकेन्डको सो विज्ञापनमा कृति जंगलमा क्यामेरा बोकेर फोटो लिइरहेकी देखिन्छिन्। उनी अध्ययनको सिलसिला करिब ५ वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा रहेकी छन्। सान फ्रान्सिस्कोस्थित स्टेट युनिभरसिटीमा फिल्मसम्बन्धी अध्ययन गरिरहेकी उनी हाल ब्याचलर सकाएर एकवर्षे इन्टनसिपमा छिन्। योभन्दा अघि पनि उनले नेपाली र अमेरिकन सर्ट मुभीहरुमा काम गरिसकेकी छिन्। नेपाल छोड्नुअघि नेपाली छोटो फिल्ममा अभिनय गरेकी उनले अमेरिका पुगेपछि त्यहाँको छोटो फिल्ममा अभिनय गरेकी थिइन्। हालै उनले एप्पल कम्पनीको विज्ञापनका लागि फोटोसुटसमेत गरेको शर्माले नेपाल समाचारपत्रलाई जानकारी गराए।

शर्माले छोरीको इन्टनसिप चलिरहेकाले इन्टनसिपकै सिलसिलामा उक्त विज्ञापनमा काम गरेको बताए। फिल्म मेकिङ पढिरहेकी उनी अहिले एक्टिङमा इन्टनसिप गरिरहेकी हुन्। उनले विज्ञापनमा अभिनयको मौकासँगै राम्रो पारिश्रमिक पनि पाएकी छिन्। उनी आगामी असारमा आफ्नो पढाइ सकाएर नेपाल फर्कंदै छिन्। ‘उनको अभिनयमा चाहना भएका कारण नै फिल्मसम्बन्धी अध्ययन रोजेकी हुन् –शर्माले भने।

केही समयअघि कृतिको दीक्षान्त समारोहका लागि अशोक आफ्नी फिल्म निर्मँत्री श्रीमती किरणसहित अमेरिका पुगेका थिए।