श्रद्धाको विषयमा आदित्य र फरहानको झगडा !

0
Shares

बलिउड नायिका श्रद्धा कपुरलाई लिएर आदित्य राय कपुर र फरहान खानबीच यतिखेर लडाइँ चलिरहेको छ। श्रद्धा भने यसलाई सम्हाल्ने कोशिस गरिरहेकी छिन्।


भारतीय सञ्चारमाध्यमका अनुसार ब्लकबुस्टर फिल्म आशिकी–२ रिलिज भएपछि श्रद्धा कपुर तथा आदित्य राय कपुरबीच अफेयर चलेको चर्चा थियो। उनीहरुले भने यस कुरालाई स्वीकार गरेका थिएनन्। त्यसै गरी रक अन–२ को रिलिजपश्चात् श्रद्धा कपुरको नाम फिल्मको लिड हिरो फरहान अख्तरसँग जोडिएको थियो। बलिउड मिडियामा यी दुवैका बारेमा निकै खबर आएका थिए। उनीहरुले भने आफ्नो सम्बन्ध कहिल्यै पनि स्वीकार गरेनन्। तर, जब ओके जानुको सुटिङको बेला श्रद्धा फेरि आदित्यसँग नजिकिन पुगिन्, फरहानलाई यो कुरा मन परेन। जसका कारण आदित्य र फरहानबीच गम्भीर झगडा भयो।

खबरअनुसार फरहान श्रद्धा र आदित्यसँग निकै रिसाए। श्रद्धा र आदित्यबीचको सम्बन्धलाई लिएर फरहानले आदित्यसँग लडाइँ नै गरे। तर, श्रद्धाले उनीहरुको बचाउ गर्दै स्थितिलाई सम्हालेकी थिइन्। भारतीय सञ्चारमाध्यमले सूत्रलाई उद्धृत गर्दै जनाएअनुसार फरहानलाई श्रदा र आदित्यबीचको सम्बन्धले गर्दा निकै आहत भएको छ। त्यस कारण उनको रिस आदित्यमाथि पोखिएको थियो र दुवैबीच झगडा भएको थियो। स्थितिलाई सम्हाल्नका लागि श्रद्धा फरहानको घरमा पुगिन् र त्यहाँ उनलाई सम्झाएर सम्हाल्न थालिन्। खबरअनुसार फरहानको घरबाहिर आदित्यको गाडी थियो, जसबाट थाहा हुन्थ्यो कि उनलाई आदित्य आफैंले त्यहाँ पुर्याएका थिए।