योञ्जनको म्हेन्दो माया

0
Shares

१७ वर्ष अगाडिदेखि गायन, संगीत तथा शब्द सिर्जनामा सक्रिय सञ्जोक योञ्जनले म्हेन्दो माया बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन्।

राजन इशानको एरेन्जमेन्टमा तयार भएको गीतमा शब्द तथा संगीत गायक स्वयं योञ्जनकै छ। ‘धादिङ, नुवाकोट रसुवा जिल्लाको तामाङ गाउँमा बोलीने म्हेन्दो माया थेगोलाई मैले गीतमा उतारेको हुँ। म्हेन्दो शब्दको अर्थचाहिँ फूल हो। म्हेन्दो मायाको अर्थचाहिँ फूलमाया हो –उनले प्रस्ट्याए।

भिडियोमा चर्चित भीजे एवं कुशल गायक सोनाम पाख्रिन र मोडल सुमी मोक्तानको अभिनय रहेको छ। भिडियोलाई निर्देशक पासाङ योञ्जन लामाले निर्देशन गरेका छन्। ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा प्रवीण श्रेष्ठको सम्पादन र सागर तामाङको कोरियोग्राफी छ।

गायक सञ्जोक योञ्जनले ३ वर्ष अगाडि सगुन नामक एल्बम सार्वजनिक गरेका थिए। सो एल्बमको आलु र तामा बोलको गीत रुचाइएको थियो। गायक सञ्जोकको सेलो जुहारी, दिलकी रानी, समुन्द्रपारि, सगुन, मुग्लान ह्यँल्सा नामका एल्बम बजारमा आएको छ। अब आउने एल्बममा गायक सञ्जोककै आफ्नै शब्द र संगीतसहित १० वटा गीत समावेश हुने उनले बताएका छन्।