प्रमोदसँग फेरि प्रियंका

0
Shares

चर्चित युवा गायक प्रमोद खरेका साथ नायिका प्रियंका कार्की फेरि देखिएकी छिन्। गायक खरेलको नवीनत गीत लाइदेउ न मायाले माथि बनाइएको म्युजिक भिडियोमा उनका साथ प्रियंका फेरि देखिएकी हुन्।

यसअघि खरेलको ओई झुमा झुम्कावाली तथा चल बतास चलजस्ता डान्सिङ नम्बरबाट स्रोताको उत्साहजनक साथ पाएका गायक खरेलले लाइदेउ न मायाले गीतको म्युजिक भिडियोमा पनि नायिका प्रियंका कार्कीलाई लिएका हुन्। यसअघि झुम्कावाली बोलको हिट नम्बरमा पनि गायक खरेलले प्रियंकालाई लिएकी थिइन्। भिडियोमा प्रियंका निकै हट अवतारमा प्रस्तुत भएकी छिन्। भिडियोमा गायक खरेल तथा नायिका कार्कीले रोमान्टिक शैलीमा अभिनय तथा नृत्य गरेका छन्। नायिका कार्कीले आफू गायक प्रमोद खरेलको म्युजिक भिडियोमा काम गर्दा सधैं उत्साहित हुने दाबी गरिन्।

अघिल्लो साता दरबारमार्गस्थित नेपालकै डेजा भँङ क्लबमा छायांकन गरिएको भिडियोमा गायक खरेल स्वयं अभिनेताको रूपमा प्रस्तुत भएका छन्। अर्जुन तिवारीद्वारा छायांकन गरिएको यो नृत्यपरक भिडियोमा गायक खरेलले नृत्य त गरेका छन् नै, साथसाथै डिजेको भूमिकामा समेत देखिएका छन्। थुप्रै म्युजिक भिडियो तथा एउटा फिल्म निर्देश्ँन गरिसकेका पत्रकार सुव्रत आचार्यले यो म्युजिक भिडियोको निर्देशन गरेका छन्। गायक खरेल करिब ९ महिनापछि नयाँ भिडियोमार्फत् दर्शकमाझ देखिएका हुन्। भिडियोमा डीआईडी फेम सुनील क्षत्रीले कोरियोग्राफी गरेका छन्।

स्वदेश तथा विदेशका स्टेजमा प्रस्तुत हुँदै दर्शकको मन जित्दै आएका गायक खरेलले यस पटक संगीतकार राजनराज शिवाकोटीको संगीत निर्देश्ँनमा लाइदेउ न मायाले बोलको गीत गाएका हुन्। डीपी खनाल यो गीतका रचनाकार हुन्। साहास शाक्यद्वारा संगीत संयोजन गरिएको यो गीतको निकै खर्चिलो म्युजिक भिडियोलाई गायक खरेलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्। दीक्षा क्रिएसनले निर्मँण गरेको यो भिडियोको सम्पादक निशान घिमिरे हुन्।