ब्युटिसियनको ट्यालेन्ट

0
Shares

एमाजोन इन्टरटेन्मेन्टले राजधानीमा आयोजना गर्न लागेको ब्युटिसियन नेपाल तेस्रो सिजनका प्रतिस्पर्धीहरु ट्यालेन्ट शोमा प्रस्तुत भएका छन्।

ट्यालेन्ट उपाधिका लागि भएको शोमा प्रतियोगीहरुले नृत्य, कविता, गीत गायनलगायतका आफ्ना प्रतिभा प्रदर्शन गरेका छन्।

महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ब्युटिसियन नेपाल २०१७ आयोजना गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए। आगामी चैत २६ गते राजधानीमा हुने प्रतियोगितामा हिमानी सुब्बाले व्यक्तित्व विकाससम्बन्धी विभिन्न तालिम दिइरहेकी छिन्।