मिस्टर नेपालमा २४ जना

0
Shares

पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०१७ का लागि २४ युवा छानिएका छन्। देशभर विभिन्न चरणमा आयोजना गरिएको अडिसनबाट यी प्रतियोगी छानिएका हुन्। यसका विजेताले नेपालको प्रतिनिधित्व गर्दै एक सयभन्दा बढी राष्ट्रको सहभागिता रहने मिस्टर वल्र्डमा स्पर्धा गर्न पाउने आयोजकले जनाएका छन्।
युवाको व्यक्तित्व र आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोहीअनुरूप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिँदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रूपमा अगाडि बढाउन प्रतियोगिता सहायक शिद्ध हुने आयोजक एक्सपोज नेपाल डटकमका अध्यक्ष दिनेश शाहीले दाबी गरे।

१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहेको प्रतियोगितामा छानिएका प्रतियोगी केही दिनमै प्रशिक्षण जुट्ने उनले बताए। प्रतियोगीहरुले प्रशिक्षणका क्रममा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाज सेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका विधामा प्रशिक्षण हासिल गर्ने कार्यक्रम संयोजक अर्चना थापाले बताइन्। प्रतियोगिताको अन्तिम स्पर्धा नयाँ वर्षको वैशाखमा हुने जनाइएको छ।