जोनी जेन्टलमेनको गीत सार्वजनिक

0
Shares

जोनी जेन्टलमेन नामक फिल्मको गीत तिमीबिना मान्दैन यो मन सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा आगामी जेठ १९ गते रिलिज मिति घोषणा गर्दै नीतीन चन्दको डेब्यु निर्देशन रहेको फिल्मको गीतमा पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको छ। गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द र संगीत छ।

कार्यक्रममा निर्देशक चन्दले म्युजिक भिडियोभन्दा फिल्म बनाउन निकै चुनौती रहेको अनुभव सुनाए। उनले फिल्म व्यावसायिक हिसाबले निर्माण गरिएकाले दर्शकले रुचाउने दाबी गरे। त्यसै गरी नायक पलले आफूहरुले दर्शकले मन पराउने काम गरको बताएर नायिका शर्माले फिल्ममा मेहनत गरेअनुसारको प्रतिफल पाउने विश्वास व्यक्त गरिन्।

निर्माता एन्ड्रिउ पौडेलले फिल्मको बजेट एक करोड बढी भए पनि लगानी उठाउने विश्वास व्यक्त गरे। अजय मल्ल ठकुरी कार्यकारी निर्माता र सञ्जु शाह सहनिर्माता रहेको फिल्ममा हर्कुलससँगै ब्रिजेस श्रेष्ठ र स्वचित शाक्यको संगीत, केशव थापा र सरिता राजचलको नृत्य, पारसविक्रम शाहको द्वन्द्व, महेश दवाडीको पटकथा तथा संवाद, नवीन निरौलाको सम्पादन र रूपेश थापाको छायांकन रहेको छ।