बेपत्ता गुरुङ तमोर नदिमा मृत फेला


रविन भट्टराई,ताप्लेजुङ ।

दुई साता अघि घरबाटनै बेपत्ता त्रिवेणी आठराई गाउँपालीका निगुरादिनका ४५ वर्षीय ईन्द्रयुवाराज गुरुङ तमोर नदि किनारमा मृत अबस्थामा फेला परेका छन् ।

गत चैत ७ गते घरबाट बेपता गुरुङको शनिवार हिजो दिउँसो पाँचथरको अमरपुर ९ स्थित पिनासी घाट देखि ५ सय मिटर उतर तमोर नदि किनारमा फेला परेको स्थानिय नगेन्द्र सिटौलाले बताउनुभयो ।

अहिले गुरुङको सव पोष्टमाटमको लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ । गुरुङ बेपत्ता भएपछि स्थानियले खोजिकार्यलाई तिब्रता दिएका थिए ।