मोटरसाइकलको ठक्करबाट मृत्यु

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।

झापाको शिवसताक्षीमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी १ स्थित धरमपुर चोकमा दुर्घटना हुँदा शिवसताक्षी ६ का विकउ महतोको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

दक्षिणबाट राजमार्ग निक्लने क्रममा मे ४ प १८१५ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे ४ प ६७०६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा मृतक विकउका छोरा मे ४ प १८१५ का मोटरसाइकल चालक सुसिल महतो, अर्को मटरसाइकलका चालक इलाम चुलाचुली १ का सुरेन फागो र सोही मोटरसाइकलमा पछाडि सवार धादिङका प्रदीप अर्यालको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।