क्याट्रिनासँग काम गर्न चाहेनन् आमिरले

0
Shares

बलिउडको केही फिल्मी सुपरस्टार केही फर्मुला अपनाएर त्यहीअनुरूप काम गरी सफलता ससिल गरिरहेका हुन्छन्। जसका कारण बलिउड फिल्म नगरीलाई पनि निकै फाइदा पुगेको हुन्छ। त्यसमध्ये सबैभन्दा हिट फर्मुला भने हिट जोडीलाई पटकपटक एकै फिल्ममा लिनु हो।

यसको पछि एउटै कारण छ कि हिट जोडीलाई पहिलेदेखि नै दर्शकको साथ मिलेको हुन्छ र फिल्म पनि कलाकारकै कारण चल्छ। तर नायक आमिर खान आफूले खेलेको फिल्ममा जोडी हिट भए पनि आफ्ना कुनै फिल्ममा एकै हिरोइनसँग दोहोर्याएर काम गर्न चाहँदैनन्। अमिरले पछिल्ला फिल्ममा आफूले पहिले कहिल्यै काम नगरेका हिरोइनसँग मात्र काम गरिरहेका छन्।

त्यसैले पनि उनी क्याट्रिना कैफ तथा अनुष्का शर्मासँग फेरि दोहोर्याएर काम नगर्ने मनस्थितिमा छन्। अममिरले क्याट्रिनासँग धुम ३, अनुष्कासँग पिके र दंगलमा साक्षी तनवरसँग काम गरिसकेका छन्। त्यस कारण अब उनले यी चर्चित हिरोइनले सँगै फिल्म खेल्न चाहे पनि उनीहरुलाई लिएर फिल्म खेल्ने सम्भावना निकै कम छ।

भारतीय सञ्चार माध्यमको खबरअनुसार अनुष्का शर्मा ठग्स अफ हिन्दूस्तानमा अमिरसँग काम गर्न चाहन्थिन्। तर अममिर भने उनीसँग दोहोराएर काम गर्न चाहँदैन थिए।

त्यसैले पनि उनले अनुष्कालाई लिन चाहेनन्। अनुष्का मात्र होइन, उनी अन्य हिरोइनसँग पनि दोहोर्याएर काम गर्न चाहँदैनन्। उनको यी हिरोइनसंगको सम्बन्ध राम्रो छैन भनेर सोच्नु पनि गलत हुने समाचारमा जनाइएको छ। तर अमिरको नयाँ हिरोइनसँग मात्र काम गर्ने यो फर्मुलाको कारण भने अहिलेसम्म कसैले बुझ्न सकेको छैन्।

अमिर यतिखेर आफ्नो आगामी फिल्म ठग्स अफ हिन्दूस्तानको सुटिङमा व्यस्त छन्। यस फिल्मको लिड रोलका लागि केही नाम सार्वजनिक गरिएका छन्। जसमा आलिया भट्ट तथा वाणी कपुर छन्। उनले लिएका यी हिरोइनले पनि शायदै अर्को फिल्ममा काम गर्ने मौका पाउनेछन्।