पहिचान गीत सार्वजनिक


हेटौंडा,(नस)। थाहा कला केन्द्र थाहा नगरपालिकाको पहिचान गीत सार्वजनिक गरिएको छ। कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको पहिचान गीत अध्यक्ष मोक्तानकै स्वरमा रेकर्ड गरिएको छ।

कला केन्द्रको आफ्नै हलमा भएको विमोचन कार्यक्रममा केन्द्रको पहिचानका लागि यो शुरुआती गीत भएको अध्यक्ष मोक्तानले बताए। मकवानपुरमा लुकेर बसेका प्रतिभालाई उजागर गर्न मकवानपुर आइडल गरिएको र अब फेरि कलासम्बन्धी अर्को प्रतियोगितालाई चाँडै अगाडि बढाउने अध्यक्ष मोक्तानले बताए।

२०७२ सालमा स्थापना भएको केन्द्र कलासम्बन्धी विभिन्न कार्य गर्दै अगाडि बढेको छ। मकवानपुरको दुर्गम क्षेत्रमा गएर आइडलका लागि प्रतियोगी छनोट गरिएको थियो।

कला केन्द्रले मकवानपुरको थाहा नगरपालिका–३, शिखरकोटमा आफ्नो कार्यालय र हल स्थापना गरी कलाकारलाई अभ्यास गराउँदै आएको छ। थाहानगरमा विभिन्न समयमा सांस्कृतिक कार्यक्रम तथा नाटक, गीत, नृत्यलाई आत्मसात् गर्दै कला केन्द्र अगाडि बढिरहेको छ।