कोन्टा मायामी ओपनको फाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)

सात पटकको ग्रान्डस्लाम विजेता भेनस विलियम्सलाई हराएर जोहाना कोन्टा मायामी ओपन टेनिस प्रतियोगिताको फाइनलमा पुगेकी छन्।

कोन्टाले ६–४, ७–५ ले अमेरिकी भेट्रान खेलाडी भेनसलाई सीधा सेटमा हराएकी हुन्। योसँगै मायामी ओपनमा फाइनलमा पुग्ने उनी पहिलो ब्रिटिस खेलाडी पनि बनिन्। २५ वर्षीया कोन्टाले फाइनलमा पूर्वविश्व नम्बर एक कारोलिन वोजनियाकीसँग खेल्नेछिन्। डेनिस खेलाडी कारोलिनले चेककी कारोलिना पिलिस्कोभालाई कडा संघर्ष गरी ५–७, ६–१, ६–१ ले पन्छाएकी हुन्।

यसअघि पुरुष सिंगल्सतर्फ ३५ वर्षीय स्विस खेलाडी रोजर फेडेररले दुई म्याच प्वाइन्ट बचाएर सेमीफाइनलमा स्थान बनाएका छन्। उनले टोमास बर्डिचलाई ६–२, ६–७, ७–६ ले हराएका थिए। उनले यस वर्ष १८ खेलमा १७ खेलमा जित हात पारेका छन्। उनको सामना अस्टे«लियाका निक किर्गियोससँग हुनेछ।