रामकोटमा साइँला साइँलीको रोमान्स

0
Shares

राजधानीको रामकोटस्थित डाँडामा बिहानैदेखि सिरसिर्र हावाको झोकासँगै घामको मधुर प्रकाशले वातावरणमा मधुरता थियो। त्यो वातावरणमा गुञ्जिँदै थियो ए साइँला पहिले जस्तो हुँदैन भेट। जहाँ एक प्रेमिल जोडीको भेट भइरहेको थियो ए साइँला गीतमार्फत।

मौसमी प्रतिकूलताका बीच मंगलबार बिहानैदेखि म्युजिक भिडियो सुटिङका लागि एक हुल रामकोटमा रमाइरहेका थिए। बेलायतमा बस्दै आएकी गायिका अनिला राईको ए, साईला गीतको म्युजिक भिडियो सुटिङको माहौल थियो यो।
गाउँघरमै बस्दै आएकी साइँलीले परदेशिएका आफ्ना प्रेमीलाई सम्झनाको तरेलीभरि बिसाएको भावमा रचिएको ए साइँलाको भिडियोमा साइलीको भूमिका मोडल तथा अभिनेत्री निशा पोमु लिम्बू थिइन् भने मोडल दिक्पाल कार्की प्रदेसिएका साइँला बनेका थिए। म्युजिक भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका छन्। छायांकन तथा कन्सेप्ट डिजाइन फोटो पत्रकार नवीनबाबु गुरुङको रहेको छ। भिडियोमा अन्तरजातीय प्रेमभाव झल्काइएको सुब्बाले बताए।
हेमकुमार राईको शब्द रचना तथा डक्टर किराँतको संगीत रहेको ए साइँला गायिका अनिलाको पछिल्लो आधुनिक गीति एल्बम स्वरांकनमा संगृहित छ।