विपाशाको स्पष्टीकरण

0
Shares

बलिउडकी काली बिराली विपासा वसुले आफू आमा बन्न लागेको भन्ने भारतीय सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेकी छिन्। यस खबरलाई भारतीय सञ्चार माध्यमले राम्रँे स्थान दिएका थिए। विपासाले भने यो केवल अफवाह मात्र भएको दाबी गरेकी छिन्।

आमा बन्न लागेको हल्लामा कुनै सत्यता नभएको भन्दै उनले आम मानिसहरुलाई आफ्नो जिन्दगीको महत्वपूर्ण निर्णयको फैसला गर्ने काम उनीलाई नै छोडिदिन आग्रहसमेत गरेकी छिन्। भारतीय सञ्चार माध्यममा जनाइएअनुसार केही दिनअघि मात्र विपासा आमा बन्ने खबरसँगै उनी केहीपटक चिकित्कसकहाँ परामर्शका लागि गएकी थिइन्। हालै विपासा बसु र करण सिंह ग्रोवर स्त्री रोग विशेषज्ञकोमा गएका थिए। तर विपासाले हालै आफ्नो ट्वीटरमार्फत आफू आमा बन्न लागेको केवल अफवाह भएको जनँएकी छिन्। सन २०१६ को अप्रिलमा विवाह बन्धनमा बाँधिएदेखि नै विपासा बसु र करण सिंह ग्रोवर बलिउडका बेस्ट कपलको गन्तीमा आइरहेका छन्।