एमाले फेरि मधेस छिर्यो


महोत्तरी, (नेस)
सप्तरी घटनापछि नेकपा एमालेले महोत्तरीमा पहिलोपटक भेला गरेको छ। बुधबार बर्दिबासमा २ नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलाको आयोजना गरियो।उक्त कार्यक्रममा पार्टीका शीर्ष नेताहरू झलनाथ खनाल, माधव नेपाल र ईश्वर पोखरेल सहभागी भएका थिए।

बुधबार र बिहीबार गरी दुई दिनसम्म चल्ने उक्त भेलामा करिब १ हजार अगुवा कार्यकर्ता सहभागी रहेको छ। भेलालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेताहरू झलनाथ खनाल माधव नेपाल र ईश्वर पोखरेलले प्रदेशको विकासको खाकासहित एमाले अब मधेसमा आउने र यहाँ अड्डा जमाएर बस्ने बताएका थिए। त्यसै गरी उनीहरूले मधेसी मोर्चालगायत कोहीसँग नडराउन कार्यकर्ताहरूलाई आग्रहसमेत गरे।

उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी ओली आउँने तय भएको भएपछि कार्यव्यस्तताका कारण सहभागी हुन नपाएको पार्टी स्रोतबाट थाहा भएको छ।एमालेले आयोजना गरेको मेची–महाकाली अभियान गत फागुन २३ गते सप्तरीमा हिंसात्मक घटना भएपछि अभियान स्थगित भएको थियो।