रभ्ना मिस इन्डिजिनियस हेरिटेज

0
Shares

ग्लोबल मिस इन्डिजिनियस हेरिटेज नेपाल२०१७ को उपाधि रभ्ना तण्डुकारले जितेकी छन्। राजधानीमा सम्पन्न प्रतियोगितामा ४३ स्पर्धीलाई पछि पार्दै रभ्नाले उपाधि चुमेकी हुन्।

प्यासिपिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित दोस्रो संस्करणको प्रतियोगीतामा अर्चना प्रधान र मल्लिका बम्जन क्रमशः फस्ट र सेकेन्ड रनर्सअप भए। प्रतियोगितामा पुनम श्रेष्ठ मिस इलिजेन्ट, कविता श्रेष्ठ बेस्ट हेयर, स्मृति राई बेस्ट स्माइल, ममता गुरुङ बेस्ट स्किन, सिम्रन श्रेष्ठ बेस्ट अटायर, फुरलामु शेर्पा मिस डिसिप्लिन, मीना श्रेष्ठ फ्रेन्डसीप, मल्लिका बमजन मिस पिक्चर पर्फेक्ट, निशा लिम्बू मिस पर्सनालिटी, सिर्जना बुढामगर मिस चार्मिङ र प्रिया लिम्बू मिस ट्यालेन्ट उपउपाधिका विजेता भए। प्रतियोगितामा लागि फेसन डिजाइनर निरु आङबुङ, मोडल विपना थापा, अञ्जु श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, पत्रकार अशोकप्यासी राई, ब्युटिसियन सुष्मा महरा, धनबहादुर तामाङ, तेञ्जिङ उक्याप, व्यवसायी उज्वलकृष्ण श्रेष्ठ र प्रदीपमान प्रधान निर्णायक रहेका थिए। कार्यक्रममा विभिन्न गीतसंगीत, नृत्य र र्याम्प शो समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा तेह्रथुमे ढाका बुटिकले तयार गरेका ढाका कन्ट्रास्ट सारी र लेहेंगा तथा मेख्लीमा सुपर मोडल इच्छा कार्कीलगायतका व्यवसायिक मोडलहरु र्याम्पमा उत्रिएका थिए। उनीहरुले दुई सिक्वेन्समा र्याम्प नापेका थिए।

तेह्रथुमे ढाका बुटिकको प्रवद्र्धनस्वरूप कार्यक्रममा फेसन शो गरिएको तेह्रथुमे ढाकाकी निरु आङबङले बताइन्। त्यस्तै, कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बू, गायक रुकमान लिम्बूको गायन र मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुले नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगीता कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेका थिए।