आफ्नै गीतमा निर्देशन

0
Shares

कमेडी सिरियल हर्के हल्दारमा पारु बनेर चर्चामा आएकी दीपिका भट्ट खासमा गीतकार हुन्। कलाकारको छविले चिनिए पनि उनी गीतकारका रूपमा समेत चर्चित छिन्।

अब भने उनी म्युजिक भिडियोकी निर्देशकसमेत भएकी छिन्। उनले आफ्नै रचनाको गीतमा आफैं अभिनयसमेत गर्दै त्यसमो निर्देशन गरेकी हुन्। न त चाहेको पाउँछ यो दुनियाँमा बोलको यो गीतलाई उनले पहिलोपटक निर्देशन गरेकी हुन्। हिमाल सागरको संगीत तथा स्वर रहेको गीतमा उनका अलावा संजीव कटुवाल तथा मुकेश ज्यापुले पनि यस गीतमा अभिनय गरेका छन्। गीतका सम्पादक कुशल शर्मा हुन् भने छायाँकार रामकुमार केसी हुन्। आफ्नो गीतको सन्दर्भमा दीपिकाको भने यो तेस्रो गीत हो।

दीपिकाले आफूलाई अभिनयभन्दा पनि निर्देशन एवं शब्द रचनामा रुची भएको बताइन्। महिला निर्देशक कम भएकाले चुनौती स्वीकारेर आफू निर्देशनमा आएको उनले बताइन्।