आयुषलाई आइडलको उपाधि

0
Shares

सुरशाला फाउन्डेसन र म्युजिक एकेडेमीको संयुक्त आयोजनामा भएको पहिलो बाल गायन रियालिटी शो सुरशाला आइडल जुनियरमा मोडर्न स्कुल भक्तपुरमा अध्यनरत सिन्धुपाल्चोकका आयुस केसी विजेता भएका छन्। उनले पुरस्कारवापत पतञ्जलिको तर्फबाट ५१ र सुरशालाको तर्फबाट ५० हजार गरी कूल १ लाख १ हजार रुपियाँका साथमा साँढे लाख रुपियाँबराबरको गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृत्ति प्राप्त गरेको आयोजकले जनाएका छन्। उनलाई मोबाइल गिफ्ट ह्याम्पर पनि दिइएको छ।

प्रतियोगितामा ज्ञान निकेतनमा अध्यनरत स्रजल महर्जन युट्युबमा सबैभन्दा बढी दर्शक भोट पाएर पब्लिक च्वाइस अवार्डको विजेता हुनुका साथै उत्कृष्ट ५ मा तेस्रो स्थान हासिल गरी ६६ हजार रुपियाँसहित डेढ लाखबराबरको गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृत्ति पाएका छन्। सुनसरीका प्रितम आचार्यले दोस्रो भई ७१ हजार रुपियाँका साथमा साँढे २ लाखबराबरको सुविधा चितवनका आदित्यराज ढकाल चौथो र पोखराकी ममता गुरुङले जनही १० हजार रुपियाँका साथमा म्युजिक भिडियो र सुरशाला छात्रवृत्ति पाएका छन्। प्रतियोगिताका उत्कृष्ट १० र ५ लाई म्युजिक भिडियोको अवसरका साथमा उत्कृष्ट ८ लाई गीतिएल्बम प्रकाशनको अवसर प्रदान गरिने आयोजले जानकारी गराएका छन्।

प्रतियोगितामा देशका विभिन्न स्थानबाट ७ देखि १६ वर्षभित्रका १५ सयभन्दा बढी प्रतिभाशाली बाल गायकगायिकाले अडिसन दिएका थिए। उनीहरुमध्येबाट उत्कृष्ट १० र ५ को छनोट गरिएको थियो।