नयाँ वर्षमा मिस टिन ग्लोब छानिने

0
Shares

स्टार वन इन्टरटेनमेन्ट प्रालिले किशोरीहरूबीच पहिलोपटक मिस टिन ग्लोब २०१७ प्रतियोगिता आयोजना गर्ने भएको छ।

आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले किशोरीहरूको व्यक्तित्व र आत्मविश्वास वृद्धिका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको बताइन्। आगामी वैशाख २ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा जस्मिन ओझा, दीपिका खड्का, श्रुति मर्हजन, अस्मिता दंगाल, वर्षा कोइराला, प्रसस्ना श्रेष्ठ, जेमिना घिसिङ, सजिता दाहाल, सुनीता थापा मगर, कञ्चन मगर, सुवर्णा सिंखडा, अनुजा कार्की, आयुष्मा महर्जन, संरचना विश्वकर्मा, रुसाली अधिकारी, समिता तामाङ, अनिषा स्थापित, आस्था शाह, सञ्चली प्रधान, सलिना महर्जन, शर्मिला तामाङ, स्वस्ती दंगाल, रेसिमा थापा, वन्दना बस्नेत, सीमा लामा, मिङ ह्याल्मो, पूजा आचार्य र पासाङल्यामु शेर्पाले अन्तिम स्पर्धा गर्नेछन्। कोरियोग्राफर अश्विनी झा, संगीतकार सरोज प्याकुरेल, मिसेस नेपाल इन्टरनेसनल २०१६ अनुपमा राई, इभेन्ट आयोजक लव कार्की र निसु झाको निर्णायक मण्डलले प्रतियोगिताका अन्तिम स्पर्धीहरू चयन गरेको स्टार वन इन्टरटेनमेन्टले जनाएको छ।

जमुना तामाङको संयोजकत्वमा हुने प्रतियोगिताका लागि अश्विनी झाले कोरियोग्राफी गर्नेछन्।