बिना नेतासँगको सम्बन्धले विवादमा

0
Shares

हाल बलिउड फिल्म नगरीमा चर्चामा रहेकी पाकिस्तानी अभिनेतृ र भारतको एक जना नेताबीचको सम्बन्ध अहिले बलिउडमा चर्चा र विवादको विषय भएको छ। भारतको उत्तर प्रदेश कांग्रेस पार्टीमा टेक्निकल इन्चार्ज रहेका युवानेता प्रशान्तप्रताप सिंह बिनासँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा र विवादमा छन्।
उनी कांग्रेस पार्टीको केही सदस्यको साथ असमझदारी भएसँगै बिनासँगको सम्बन्धको कारण चर्चामा आएका हुन्। उनी बिना मल्लिकका साथ लिभिन रिलेसनसिपमा रहेको विषय अहिले बलिउडमा चर्चाको विषय भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार यिनीहरूको केही तस्वीर पहिले नै मिडियामा आएका थिए। खबर छ किबिनाको असद बसिर खानसँग सन् २०१३ मा विवाह भएपछि प्रशान्तले बिना उनको बच्चाको आमा भएको आरोप लगाएका थिए। जब प्रशान्तले बिनाको विवाहको बारेमा थाहा पाए, त्यसै बेला नै उनले बिनाविरुद्ध मुम्बई प्रहरी कार्यालयमा फोनबाट धम्की दिएको भन्ने रिपोर्ट दर्ता गराएका थिए। भनिन्छ बिनाले प्रशान्तलाई मिडियासामु आफ्नो सम्बन्धको बारेमा केही खुलासा नगर्न र यदि गरेमा उनीविरुद्ध छेडछाड र बलात्कारको आरोप लगाइदिने धम्की दिएकी थिइन्।