बगुवामा स्रोतकेन्द्र स्थापना



टंकराज अधिकारी, पोखरा
मानव समुदायको सेवा गर्ने उद्देश्यले स्थापित हेल्थ एजुकेसन, एग्रिकल्चर एन्ड डेभलपमेन्ट सोसाइटी नेपालले गोरखाको बगुवास्थित रुखेथुममा स्रोतकेन्द्र स्थापना गर्दै बहुआयमिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यका साथ शनिबार आयोजित अवलोकन भ्रमणका क्रममा संस्थाका अध्यक्ष इन्जिनियर ईश्वरचन्द्र बानियाले गैरसरकारी संस्था भन्नेबित्तिकै विदेशी दाताको सहयोग मात्र लिने प्रवृत्तिलाई चिर्दै नेपाली सदस्यबाटै दैनिक १ रुपियाँ संकलन गरी आफैंले नै केही गर्न सकिन्छ भन्ने सोचका साथ संस्था स्थापना भएको बताउनुभयो। बगुवास्थित स्रोतकेन्द्रमार्फत त्यहाँको २ सय रोपनी जग्गामा करिब ३२ लाख रुपियाँको लागतमा यसअघि बाख्रापालन, बंगुरपालन र राँगोपालन गरिएको जानकारी दिँदै उहाँले हाल नर्सरी माछापालन र इँटाभट्टा सञ्चालन गरिएको बताउनुभयो।

नर्सरीअन्तर्गत हाल सुन्तला २ हजार बोट, कागती ३ हजार ४ सय, कफी ६ हजार बेर्ना तयार गरिसकिएको छ। यीबाहेक आँप, लिची, मेवा, बोधिचित्त, एवोकार्डोलगायतका विभिन्न जातका नर्सरी उत्पादन गरिएको संस्थाका संस्थाले पाँचवटा सहकारी पनि सञ्चालन गरेको छ।

सदस्यमा आधारित सदस्यबाट दैनिक १ रुपियाँ संकलन गरी पोलिक्लिनिक सञ्चालन गरी सदस्यलाई सुलभ मूल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको महासचिव प्रकाशराज वन्तले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्