रानी ऐश्वर्याकहाँ पुग्दा….

0
Shares

एक समय यस्तो थियो ज्ुनबेला बलिउड अभिनेत्री रानी मुखर्जी र अभिनेता अभिषेक बच्चनबीच प्रेम सम्बन्ध थियो।

उक्त समय यी दुवै फिल्म बन्टी और बब्लीमा काम गर्दै थिए। उनीहरूको प्रेम यसरी झांगियो कि प्रेम विवाहमा परिणत हुने अवस्थामा पुग्यो। तर अचानक उनीहरूको सम्बन्ध टुट्यो। सम्बन्ध के कारणले टुट्यो यो आजसम्म एक राज नै बनेको छ। त्यसपछि रानीले बच्चन परिवारसँगको सारा सम्बन्ध तोडिन्। हाल रानी फिल्म निर्देशक आदित्य चोपडासँग विवाह गरेर बसेकी छिन् भने अभिषेक पनि ऐश्वर्यासँगको वैवाहिक सम्बन्धमा खुसी नै छन्।

केही दिनअघि ऐश्वर्याको पिताको मृत्युपश्चात उनलाई सान्तवना दिनका लागि बलिउडका फिल्मकर्मीहरू ऐश्वर्याको घरमा पुगेका थिए। त्यहा रानी मुखर्जी पनि सामेल थिइन्। रानी ऐश्वर्याको घरमा पुगेपछि ऐश्वर्या छक्क परेको भारतीय सञ्चार माध्यमले जनाएको छ। समाचारमा चर्चा गरिएअनुसार बच्चन परिवारका सबैजना रानी कसरी आइन् होला भन्ने सोचेर छक्क परेका थिए। तर रानी पनि ऐश्वर्याको पिताको निधनदेखि दुखी भएर उनलाई सान्त्वना दिन पुगेकी थिइन्। हुन सक्छ रानीले पुराना कुराहरू सबै भुलेर नयाँ सम्बन्धको लागि अगाडि बढेकी थिइन्।