हस्तमैथुन गर्नेलाई सय डलर जरिवाना


अस्टिन, (एजेन्सी)
अमेरिकाको टेक्सस राज्यका एक डेमोक्र्याट सांसदले हस्तमैथुन गर्ने पुरुषलाई १ सय डलर जरिवाना तिराउने प्रस्ताव ल्याएका छन्। जेसिका फर्रार डेमोक्र्याट सांसद हुन जसले उक्त प्रस्तावका लागि काम गरिरहेकी छिन्।

नजन्मेका बच्चाहरूको सुरक्षा सबै पक्षबाट हुनुपर्ने उनको तर्क रहेको छ। कुनै पुरुषले योनीबाहिर विर्य फाल्नु पनि नजन्मेका बच्चाविरुद्धको कदम भएको जेसिकाले विधेयकमा उल्लेख गरेकी छिन्।

जेसिकाले ‘पुरुषलाई जान्ने अधिकार अभियानका रूपमा उक्त प्रस्ताव ल्याएका हुन्। महिलालाई केही विशेष हेल्थकेयर कानुनको नाममा दुःख दिने गरेको तर पुरुषका लागि त्यस्तो कुनै कानुन नभएको उनले गुनासो गरेकी छिन्। यसमा उनले विशेष गरी गर्भपातको विषय उल्लेख गरेकी छिन्।

जेसिका फर्रारले भने– ‘बन्ध्याकरण वा भियग्राका लागि कुनै प्रेस्क्रिप्सन प्राप्त गर्नुअगाडि केही अवधिसम्म पर्खनु अनिवार्य छ। त्यसै गरी चिकित्सकीय हिसाबले अनावश्यक डिजिटल रेक्टल जाँचका लागि पनि पर्खनुपर्ने हुन्छ।

उनका अनुसार स्वास्थ्य उपचारमाथिको रोकका कारण अमेरिकी महिलाहरूले समस्या भोगिरहेका छन्। उनले कामुकताको वर्गीकरण गर्दै यानीबाहिर शुक्राणु निकाल्नु नजन्मेका बच्चाविरुद्धको अपराध भएको बताइन्। यस प्रकारको क्रियाकलाप जीवनलाई पवित्र बनाइराख्ने विषयमा आफैंमा असफल हुनुजस्तै भएको उनले बताइन्। धेरैका लागि यो विधेयक ठट्टाजस्तो लागे पनि हरेक दिन टेक्ससमा महिलाका भोगिरहेको समस्या कुनै ठट्टा नभएको जेसिकाले बताए। टेक्ससका सांसदहरूले महिलाका लागि स्वास्थ्य सुविधा अन्त्यन्त कठिन बनाएको उनले आरोप लगाइन्।

टेक्ससको हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टीको नियन्त्रण छ। उक्त राज्यमा गर्भपातलाई लिएर कडा कानुन छ। यहाँ रुढीवादी इसाई परम्पराअनुसार गर्भपातको कानुन बनाइएको छ।

सन् २०११ देखि गर्भपात गर्नु २४ घण्टाअगाडि महिलाले एउटा कठिन अल्ट्रासाउन्ड गराउनुपर्ने हुन्छ। यसमा महिलाले कम्तीमा दुई पटक अस्पतालको चक्कर काट्नुपर्ने हुन्छ। यी प्रक्रियामा जेसिकाको कडा आपत्ति रहेको छ।

जेसिकाले भने– ‘जब एक महिला ट्रान्स–भजाइनल अल्ट्रासाउन्ड गर्न बाध्य हुनुपर्छ भने त्यसमा उसका लागि स्वास्थ्य सुविधाको ध्यान पनि राखिएको हुँदैन। यो सम्पूर्ण प्रक्रियामा उसको दिमागलाई विचलित बनाउनमा सरकारको कानुन दोषी छ।