कास्कीमा एक सय पचास मतदानस्थल



पोखरा, ६ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० मतदानस्थल निर्धारण गरिएको छ ।

तेत्तीस वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकामा ९८, सात वडा रहेको रुपा गाउँपालिकामा आठ, १२ वडा रहेको मादी गाउँपालिकामा १७, ११ वडा भएको अन्नपूर्ण गाउँपालिकामा १५ र नौ वडा भएको माछापुच्छ«े गाउँपालिकामा १२ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

कार्यालयका प्रमुख सुवेदीका अनुसार हरेक मतदानस्थलमा एक हजारभन्दा बढी मतदाता भएमा मतदान केन्द्र थपिँदै जाँदा जिल्लामा झन्डै तीनको हाराहारीमा मतदान केन्द्र पुग्ने छन् । प्रजिअ हरिप्रसाद मैनालीको अध्यक्षतामा गठित मतदानस्थल सिफारिस समितिले सो निर्णय गरेको थियो ।
समितिका सदस्यमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा जिल्लामा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका प्रतिनिधि रहनुभएको छ भने सदस्य–सचिवमा निर्वाचन कार्यालयका प्रमुख रहने व्यवस्था छ ।

विसं २०७० मा भएको संविधानसभाको निर्वाचनको बेला जिल्लामा एक सय ४७ मतदानस्थल कायम गरिएको थियो । स्थानीय तह पुनःसंरचनानुसार जिल्लामा तीन वटा वडा बढेकाले मतदानस्थल पनि बढेको कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्