राजधानीमा हुन लागेको द कलेज एम्बेसडर २०१७ का प्रतियोगीले आफूभित्र अन्तरनिहित प्रतिभा प्रदर्शन गरेका छन्। प्रतियोगीहरूले प्रतियोगिताअन्तर्गत ट्यालेन्ट उपउपाधिका लागि राजधानीमा आयोजित ट्यालेन्ट राउन्डमा आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन्।
ट्यालेन्ट राउन्डअन्तर्गत प्रतियोगितामा सामेल १७ स्पर्धीले नृत्य, गायन, अभिनय, वक्ततृत्वकला, चित्रकलालगायत विधामा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
ट्यालेन्ट शोमा मिस हेरिटेज तथा फेसन डिजाइनर मञ्जु बन्जार ढकाल, कोरियोग्राफर रीना महर्जन, मेकअप आर्टिस्ट रश्मि श्रेष्ठ, कुटुम्ब ब्यान्डका राजु महर्जन, गायक निर्णय श्रेष्ठलगायत निर्णायक रहेका थिए। प्रतियोगिताको यो ९औं संस्करण हो। यसका लागि उपत्यकाका विभिन्न कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको ग्रिन आर्ट मिडियाले दाबी गरेको छ। कलेजमा अध्ययनरत युवायुवतीको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
प्रतियोगीहरू समाजसेवा, सर्ट हाइकिङ, क्याटवक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका विभिन्न प्रशिक्षणसहित अन्मित स्पर्धामा उत्रिने तयारीमा रहेको पनि बताएको छ। प्रतियोगिताका सहभागीले शीर्षसहित विभिन्न विधागत पुरस्कारहरू जित्नेछन्।











प्रतिक्रिया