आन्दोलन ?


नेपालमा जहिले पनि दलहरूले आन्दोलन गर्ने धम्की दिने गरेका छन्। के हो यो आन्दोलन नबुझेर जनता हैरान भइरहेका छन्। जुन नेता जता गयो भन्दिहाल्छ। अब आन्दोलन गर्ने हो। जनता र देशलाई निकै माथि पुर्याउने हो।

तर, तिनका आन्दोलनले कहिल्यै देश र जनताको उन्नति भइरहेको छैन। बरु अवनति भइरहेको छ। केही मान्छे जम्मा पार्यो अनि आन्दोलन गर्ने भनेर धम्की दियो, सकियो। मानिलिऔं पृथ्वीनारायण शाहले यो देशको एकीकरण गरिदिएको अहिलेका नेताहरूलाई आन्दोलन गर्ने भूमि बनाइदिनका लागि हो। आन्दोलन नेपालमा पटक–पटक भएका छन्।

आन्दोलनपछि के हुन्छ भने आन्दोलनको हुंकार गर्ने मान्छे मन्त्री वा प्रधानमन्त्री बन्छ। उसका आसेपासेलाई ठाउँ–ठाउँमा भर्ना गर्छ। मुलुकको राजस्वमा मार्नुसम्म तर मार्छ अनि फेरि बाहिरिने अवस्था जब आउँछ त्यतिबेला फेरि ऊ दुई⁄चार जना मान्छे जम्मा गर्छ र भन्छ– ‘अब आन्दोलन गर्ने हो।

हैट, अब यी नेताबाहेककै आन्दोलन जनताले गर्ने बेला भएको हो कि के हो ? सोच्नूस् है जनता महोदय। कति सधैं यिनले झुक्याएको कुरा नबुझेर सधैं बेवकुफ भइरहने ?