लामो समयपछि पतिशोकबाट सम्हालिएकी नायिका तथा नायक स्व. श्रीकृष्ण श्रेष्ठ पत्नी श्वेता खड्का श्रीकृष्णले देखाएको मार्ग पहिल्याउँदै समाजसेवामा जुटेकी छिन्। श्वेताले संस्थागतरूपमै समाजे सेवा गर्न श्रीकृष्ण र आफ्नो नाम जोडेर श्वेताश्री फाउन्डेसन सञ्चालनमा ल्याएकी छिन्।
श्वेताले शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच फाउन्डेसनको शुभारम्भ गर्दै सामाजिक सेवाका लागि फाउन्डेसनको औपचारिक शुरुआत गरेको बताइन्।
उनको फाउन्डेसनको पुनर्निर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेल, ख्यातिप्राप्त हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल, माइती नेपालकी प्रमुख अनुराधा कोइराला, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संगीतकार शम्भुजित बास्कोटालगायतले संयुक्तरूपमा शुभारम्भ गरेका थिए।
समारोहमा फाउन्डेसनको उद्देश्यबारे प्रकाश पार्दै श्वेताले फाउन्डेसनले निर्माण र क्यान्सरको क्षेत्रमा काम गर्ने बताइन्। श्वेताले श्रीकृष्णको पनि यस्तै चाहना भएकाले यसलाई अगाडि बढाएको खुलाइन्।
सो अवसरमा उनको समन्वयमा श्रीकृष्ण जन्मेको सिन्धुपाल्चोकको माझीबस्तीमा बनाउन लागिएको एकीकृत नमुना माझीबस्ती निर्माणको समेत औपचारिक घोषणा गरियो। यो बस्ती निर्माण गर्न श्वेताश्री फाउन्डेसनले व्यवस्थापनमा सहयोग गर्ने श्वेताले जानकारी गराइन्। कार्यक्रमका सहभागीहरुले श्वेताको फाउन्डेसनले गर्न लागेका कार्यका लागि शुभकामना व्यक्त गर्दै आफ्नो तर्फबाट सहयोग गर्ने वचन दिएका थिए।
प्रतिक्रिया