चक्कु प्रहार गर्ने पक्राऊ


काठमाडौं, (नेस) चक्कु प्रहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ बिजयश्वरी बस्ने रसुवा चिलिमे घर भएका १४ बर्षीय संगम तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ बिजयश्वरीस्थित धादिङ मैदी–७ घर भई हाल बिजयश्वरी बस्ने १९ बर्षीय दिपेन्द्र परियारलाई तामाङले सामान्य विवादको कारण परियारलाई ढाडमा धारिलो हतियार चक्कु प्रहार गर्दा घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भु पठाएकोमा थप उपचारको लागि ट्रमा सेन्टर वीर अस्पताल लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।