जितसँगै बार्सिलोना क्वार्टरफाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)
स्पेनिस फुटबल महारथी बार्सिलोना उत्कृष्ट पुनरागमन गर्दै च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बार्सिलोनाले नाटकीय शैलीमा पुनरागमन गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। पहिलो लेगमा ४–० गोलले हारेको बार्सिलोनाले दोस्रो लेगमा आवश्यक ६–१ को नतिजा निकाल्न सफल भयो।

यस्तो दुर्लभ नतिजा आत्मसात गर्ने बार्सिलोना च्याम्पियन्स लिगको इतिहासमै पहिलो टिमसमेत बनेको छ। च्याम्पियन्स लिगको इतिहासमा यसअघि पहिलो लेगमा व्यहोरेको ४–० को हार व्यहोरेको कुनै पनि टिम दोस्रो लेगमा पुनरागमन गर्दै अघिल्लो चरण पुगेको थिएन।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको खेलको ८८औं मिनेटसम्म पनि बार्सिलोना ५–३ ले पछाडि परेको थियो। तर, खेलमा बाँकी रहेको केही मिनेटभित्र लगालग दुई गोल गरेपछि बार्सिलोनाले दुर्लभ उदाहरण प्रस्तुत गर्यो। खेलको ८८औं मिनेट र इन्ज्युरी समयको पहिलो मिनेटमा नेयमारले फ्रिकिकका साथै पेनाल्टी गोल गरेपछि बार्सिलोनाको सम्भावना बलियो बनेको थियो। जसलाई सार्गी राबर्टोले खेलको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई चमत्कारी जित दिलाए।

यसअघि खेलको तेस्रो मिनेटमा नै लुइस स्वरेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। यस्तै खेलको ४०औं मिनेटमा पीएसजीका कुर्जावाले आत्मघाती गोल गरेपछि पहिलो हाफसम्म बार्सिलोना २–० ले अघि रह्यो। खेलको ५०औं मिनेटमा मेसीले पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनाको गोलसंख्या ३ पुर्याए। तर, ६२औं मिनेटमा पीएसजीका काभानीले गोल गरेपछि खेल निक्कै सनसनीपूर्ण बनेको थियो।

उक्त गोलका कारण बार्सिलोनाको अघिल्लो चरणमा प्रवेशको सम्भावना कठिन बनेको थियो। तर, ८८औं मिनेटपछि भने नेयमार र सर्गीको गोलले पीएसजीको सपनामाथि तुषारापात गरिदियो। बार्सिलोनाका तीन स्ट्राइकर मेसी, स्वारेज र नेयमारले खेल अवधिभरि खतरनाक खेल पस्के। बार्सिलोनाले मिडफिल्डमा पहिलो लेगमा भन्दा निक्कै सुधार गरेका थियो। बार्सिलोनाको उत्कृष्ट मिडफिल्डकै कारण पीएसजीले लज्जास्पद हार व्यहोर्नुपर्यो।