कामना प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न


काठमाडौ,(नेस) । नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको ८ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

महाधिवेशनले टीका बन्धनलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको छ । कार्यसमतिका उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा यदुप्रसाद भट्ट, कोषाध्यक्षमा सुर्य अर्याल र सदस्यहरुमा केशरमान श्रेष्ठ, जयकुमार महर्जन, प्रकाश श्रेष्ठ र सुरेश तामाङ चयन भएका छन् ।

अधिवेशनले केन्द्रिय पार्षदमा पुष्करलाल श्रेष्ठ, लेखनाथ अधिकारी, दीपक रिजाल र भगवती तिमिल्सिनालाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन कामना न्युज पब्लिकेशनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले गर्नु भएको थियो । सो अवसरमा उहांले पत्रकारिता पेशालाई मर्यादित रुपमा अगाडि बढाउन पत्रकारहरुले राजनीतिक दलको कार्यकर्ताको रुपमा आफुलाई प्रस्तुत गर्न नहुने बताउनुभयो । उहांले श्रमजीवि पत्रकारको हकहितमा पत्रकार महासंघ लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि रामहरि सिलवालले पत्रकारहरुको क्षमता अभिबृद्धी गर्नु पर्ने आवश्यकता औल्याउनु भयो । शाखा सभापति दीपक रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।