नयाँ बजारमा सिजी डिजिटल आउटलेट



काठमाडौं, (नेस)
सिजी इलेक्ट्रोनिक्स प्रालिले आफ्नो १०औं आउटलेट सिजी डिजिटल प्रालि काठमाडौंको नयाँ बजारमा स्थापना गरेको छ। हालै एक कार्यक्रमका बीच नयाँबजारस्थित ड्रागन कम्प्लेक्समा सो आउटलेटको शुभारम्भ गरिएको कम्पनीले जनाएको छ।

उक्त आउटलेटमा एलजी, सिजी, तोसिबा, गोदरेज, टीसीएल, केलभिनेटर, सेनसाई, केन्टलगायतका ब्रान्डका घरेलु विद्युतीय उपकरण, टिभी र स्मार्टफोन पाइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आउटलेट शुरू भएको अवसरमा निश्चित अवधिका लागि छुटको समेत व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्