बलात्कारको आरोपमा एक पक्राउ



दमौली, १८ फागुन । तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरीनायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो । पाहुना बनेर आएका मियाले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । राति एक्कासि बालिका चिच्याएपछि ठूली आमाले देखेर हल्लाखल्ला गरेकी थिइन् ।

स्थानीयवासीको सहयोगमा तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले थप्रेकबाटै मियालाई नियन्त्रणमा लिएको प्रनानि पाण्डेले बताउनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । मियाविरुद्ध मङ्गलबार नै जवर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्