डल्लुमा शोकसभा


काठमाडौं, (नेस)
डल्लु आवास स्थानीय सहयोग समितिका संस्थापक सचिव मेजर भीमबहादुर गुरुङ (अप्रा) को स्वर्गारोहण भएको १३औं दिन विभिन्न संस्थाहरू सहभागी भई सोमबार शोकसभा आयोजना गरिएको छ।

उक्त शोकसभामा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भीमबहादुर गुरुङ एक सच्चा सैनिक हुनुका साथै समाजमा समेत अग्रणी भूमिका निर्वाह गर्नुभएको कुरा बताउनुभयो।

साथै, समाजमा गर्नुभएको योगदान बारे समेत चर्चा गर्नुभएको थियो भने कामपा १५ वडा सा.वि.स.का अध्यक्ष ईश्वरमान डंगोल, सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठ र विभिन्न संघ–ºसंस्थाका व्यक्तित्वबाट वरिष्ठ समाजसेवी भीमबहादुर गुरुङबारे चर्चा गरिएको थियो। शोकसभाको सभापतित्व डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले गर्नुभएको थियो।