उर्वशी ऋतिकको पछि–पछि

0
Shares

बलिउडकी हट नायिका उर्वशी रौटेलाको बारेमा बेला–बेलामा थरी–थरीका कुरा खबर छाउने गर्दछ। हालै एक फिल्मस्टारको पार्टीमा उनले यतिसम्मको व्यवहार प्रदर्शन गरिन् रे कि उनी पछि लागेका कारण उक्त कलाकारलाई बाथरुम नै छिर्नुपर्यो रे !

भारतीय सञ्चारमाध्यमको खबरअनुसार उर्वशी बलिउड नायक ऋतिक रोशनलाई लगातार म्यासेज गरेर पछि लागिरहेकी छिन्। उर्वशीले आफूसँग भेट्नका लागि ऋतिकसँग जिद्दी गरिरहेकी छिन्। समाचारमा जनाइएअनुसार ऋतिकसँग फिल्म खेल्ने चाहनाका कारण उनी यो सब गर्दै आइरहेकी छिन्। उता ऋतिक भने कसरी यी नायिकाको पिछा छुटाउने भन्ने तनावमा रहेको पनि समाचारमा उल्लेख छ।

फिल्म काबिलमा सारा जमाना बोलको गीतमा खेलेकी उनी यही गीतका कारण यति चर्चामा आइन् कि जुन उनले केही फिल्ममा काम गर्दा पनि पाएकी थिइनन्। उर्वशीका अनुसार– यो मौका राम्रो छ र यसबाट फाइदा लिइहाल्नुपर्छ। सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार काबिलमा ऋतिक र उनको राम्रो चिनजान भएको थियो। अब उनी यसको फाइदा उठाउन चाहन्छिन्। त्यसयता उनी लगातार ऋतिकलाई मेसेज गरिरहन्छिन्। ता कि कुनै फिल्म मिलोस्। २२ वर्षीय उर्वर्शीले शनि देवलसँग सिंह साहब द ग्रेटबाट आफ्नो करिअर शुरु गरेकी थिइन्। यसपछि उनले भाग जानी, सनम रे, ग्रेट ग्रइन्ड, मस्ती जस्ता फिल्ममा खेलेकी छिन्।