फरार अभियुक्त १० वर्षपछि पक्राउ


हेटौंडा,(नेस)। मकवानपुर प्रहरीले एक जना फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको छ ।

बारा जिल्ला अदालतले २०६३ असार २१ गते बनपैदावार चोरी मुद्दामा १ वर्ष कैद सजाय तोकी फरार रहेका ललितपुर छम्पी गाविस घर भई हाल मकवानपुरको आमभञ्ज्याङ–३ बस्ने अर्जुन परियारलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शनिबार आमभञ्ज्याङबाट उनलाई पक्राउ गरेको हो । आवश्यक कारबाहीका लागि अदालतमा पेश गरी सजाय भुक्तानका लागि कारागार कार्यालय भीमफेदी पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।