बिजुली ल्याउन पहल


हुम्ला, १५ फागुन । यहाँको दिनप्रतिदिन विद्युत्भार कटौती भइरहेको छ । यहाँका बासिन्दा सल्लाको दियो बाल्न बाध्य भएका छन् । हिर्दुम जलविद्युत् आयोजनामा खराबी आएकाले बिजुली बलेको छैन ।

स्थानीय बासिन्दाको मर्का बुझी हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङ्मेल तामाङले ह्याक्पाखोला र डोजङखोलाबाट बिजुली ल्याउन पहल भइरहेको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।