नेपाली बजारमा थरीथरीका गाडी तथा मोटरसाइकल



रोविन पौडेल काठमाडौं

आम मानिसले गाडी तथा मोटरसाइकललाई सामान्य आवश्यकताका रूपमा लिन्छन् । तर, कतिपयले यसलाई सौखका रूपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । विदेशमा महँगा गाडीको प्रयोगलाई सामान्यरूप लिइए पनि नेपाल जस्ता कम आयस्रोत भएका मुलुकमा भने महँगा गाडीको चर्चा समाचारको विषय बन्ने गर्छ । औसत नेपालीको कल्पनाभन्दा बाहिरका गाडी तथा मोटरसाइकल हिजोआज नेपालको सडकमा गुड्ने गरेका छन् । मूल्य र सुविधाका कारण चर्चामा आइरहने यस्ता केही गाडी तथा मोटरसाइकलको चर्चा यहाँ गरिएको छ ।

    नेपालमा पाइने महँगा गाडी
टोयोटा ल्यान्ड क्रुजर २००ः एसयुभी स्टाइलको ४४६१ सीसीको इन्जिन छ । नेपाली सडकका लागि उपयुक्त यो गाडी फोर ह्वील ड्राइभ मोडमा पनि चलाउन सकिन्छ । यो गाडीको बजार मूल्य २ करोड ७० लाख रुपियाँ रहेको छ

मर्सिडिज बेन्च एम ३५०ः प्रतिलिटर १० दशमलब ७५ किलोमिटर माइलेज दिने यस मोडेल २ ह्वील ड्राइभमा उपलब्ध छ । पाँचजना बस्न मिल्ने यो गाडीको नेपाली बजार मूल्य २ करोड ६० लाख रुपियाँ पर्छ ।

मर्सिडिज बेन्च ई २००ः सेडान स्टाइलको यो मोडेलले १२ केएमपीएलसम्मको माइलेज दिन सक्छ । २ ह्वील ड्राइभ सिस्टम भएको यो कारको बजार मूल्य २ करोड १० लाख रुपियाँ रहेको छ ।

माज्दा सिएक्स फाइभः यस गाडीको बजार मूल्य एक करोड रुपियाँ रहेको छ ।

नेपालको इतिहासका
रोचक तथ्य
ल गाडी चढ्ने नेपालको पहिलो प्रधानमन्त्री जंगबहादुर राणा हुन् । उनले बेलायत भ्रमणमा जाँदापहिलोपटक गाडी चढेका थिए ।

ल नेपालमा सबैभन्दा पहिले कार भित्र्याउने व्यक्ति वैज्ञानिक गेहेन्द्र शमसेर हुन् । उनले पार्टपुर्जा अध्ययनका लागि वि.सं. १९६४ मा फोर्ड कम्पनीको कार नेपाल ल्याएका थिए ।

ल नेपाल मोटर वक्र्स, लाजिम्पाट फोर्ड कम्पनीको लागि नेपालकै पहिलो डिलर थियो ।

ल सवारी साधनको नम्बर प्लेटमा पहिले नम्बरमात्र थिए, अक्षर थिएनन् । पछि उपत्यका काठमाडौंका लागि ‘उ का’ र बाग्मती अञ्चलका लागि ‘बा अ’ थपियो ।
ल वि.सं. २००७ भन्दा पहिलेदेखि नै नेपालमा भाडाका कार ‘ट्याक्सी’ चल्ने गर्थे । ती गाडीमा भाडा लेखिएको हुन्थ्यो ।
महँगा मोटरसाइकल
नेपाली बजारमा १२ फरक कम्पनीका डेढ लाखदेखि ६८ लाख रुपियाँसम्मका मोटरसाइकल उपलब्ध रहेछन् ।

डुकाटीः नेपालमा पाइने सबैभन्दा महँगो माटरसाइकल डुकाटी हो । डुकाटी ब्रान्डका ३१ वटा विभिन्न मोडलका मोटरसाइकल बजारमा उपलब्ध छन् । नेपालमा १८ लाख ५० हजार रुपियाँदेखि ६८ लाख रुपियाँ रेन्जका मोटरसाइकल बजारमा पाइन्छन् । उक्त मोटरसाइकल ७०० सीसीदेखि १३ सय सीसीसम्मका रहेको कम्पनीले जनाएको छ । नेपालमा पाईने सबैभन्दा महँगो मोटरसाइकल डुकाटी पेनिगेल हो ।

एप्रिलियाः एप्रिलियाले ३५ लाख रुपियाँको मोटरसाइकल नेपाली बजारमा भित्र्याउँछ । १ हजार सीसीको आरएसभीफोर कम्पनीको सबैभन्दा महँगो मोडल हो ।

यामाहाः नेपालमा सर्वसुलभ मोटरसाइकलमध्ये यामाहा पनि पर्छ । महँगा मोटरसाइकलको सूचीमा यामाहाको २७ लाख रुपियाँसम्मका मोटरसाइकल बजारमा पाइन्छ । ती मोटरसाइकल ६ सय सीसीसम्ममा उपलब्ध छन् ।
सुजुकीः नेपालमा महँगा तथा गुणस्तरीय मोटरसाइकलहरु भित्र्याउने कम्पनीहरुमा सुजुकी पनि पर्छ । सुजुकीका ३६ लाख रुपियाँसम्म मूल्यका मोटरसाइकल नेपाली बजारमा पाइन्छ । सुजुकीको सबैभन्दा महँगो मोडल सुजुकी हायाबुसा हो ।
होन्डाः स्कुटरदेखि मोटरसाइकलसम्म बजारमा उपलब्ध भएको होन्डा कम्पनीका मोटरसाइकलहरू महँगोमध्ये पनि छन् । १ सय सीसीदेखि ३ सय सीसीसम्मका होन्डाका मोटरसाइकलहरू नेपाली बजारमा पाइन्छन् । होन्डाका मोटरसाइकलहरू १ लाख ६० हजारदेखि १७ लाख रुपियाँसम्मका छन् ।

बेनेलीः नेपालको सडकमा दौड्ने महँगा मोटरसाइकलमा बेनेली पनि पर्छ । २ लाख ६५ हजारदेखि १६ लाख ५० हजार रुपियाँको रेन्जका बेनेली बाईक १५० देखि ६०० सीसीसम्ममा उपलब्ध छन् ।

हार्ली डेभिसनः हार्ली डेभिसन नेपालमा पाइने सबैभन्दा महँगो मोटरसाइकलमध्ये पर्छ । ८ लाख रुपियाँदेखि २५ लाख रुपियाँ पर्ने यस कम्पनीका मोटरसाइकल नेपाली बजारमा ७ सय ५० सीसीदेखि १७ सय ५० सीसीसम्ममा उपलब्ध छन् ।
अब कार पनि आकाशमा उड्ने
ंसुन्दा अचम्म लाग्न सक्छ तर अब कार पनि आकाशमा उड्ने भएको छ । आगामी जुलाईभित्र हवाई सवारी साधन चलाउने लक्ष्यका साथ हाइब्रिड ट्याक्सी दुबईमा परीक्षण गरिएको छ । यो कार चिनियाँ ड्रोन कम्पनी ‘इहाङ’ ले निर्माण गरेको हो ।

‘इहाङ १८४’ नामको उक्त एकसिटे स्वचालित ट्याक्सी सय किलोमिटर प्रतिघण्टाको गतिमा अधिकतम् तीनसय मिटरसम्मको उचाईमा उड्न सक्ने जनाइएको छ ।

यसलाई दुईघण्टा चार्ज गर्दा ३० मिनेटसम्मको दूरी पार गर्न सक्ने कम्पनीले जनाएको छ । यो उड्ने ट्याक्सीमा ड्रोन क्यामेरामा जस्तै आठवटा पखेटा हुनेछन् र यसमा उच्चतम् प्रविधियुक्त सेन्सर प्रयोग गरिएको हुनेछ ।
(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्