रामशेखरको उपचारमा सघाउन समिति गठन

0
Shares

भक्तपुर, (नेस)। ख्यातिप्राप्त हास्यकलाकार एवं साहित्यकार रामशेखर नकर्मी केही समयदेखि क्यान्सरबाट पीडित भई भक्तपुर क्यान्सर अस्पतालमा उपचारत छन्। उनको शिघ्र स्वास्थ्य लाभको कामनासहित भक्तपुरका विभिन्न संघसंस्था मिलेर नरेन्द्रभक्त हाडाको संयोजकत्वमा सहयोग समिति गठन गरेका छन्।

रामशेखर नकर्मी सहयोग समितिका पदाधिकारीले एवं भक्तपुरका संघ संस्थाका प्रतिनिधिहरु भक्तपुर क्यान्सर अस्पताल गएर नकर्मीलाई भेटी शिघ्र स्वास्थ्यलाभको कामना गरे। समितिले नकर्मीलाई उपचार खर्चका लागि ५० हजार रुपिया“ आर्थिक सहयोग गरेको छ।

सहयोग समितिका संयोजक नरेन्द्रभक्त हाडाले सहयोग प्रदान गर्दै नकर्मीको चाहनाअनुसार उनको कृति सिमातफःफः स्व पुस्तकलाई नेपालीमा अनुवाद गरी प्रकाशन गर्न सहयोग समिति सक्रिय रहेन प्रतिवद्धता जनाए। नकर्मीस“गको भेटमा भक्तपुरका साहित्यकार डा. योगन्द्र प्रधान, तिलकप्रकाश कायस्थ, विमल ताम्राकार, अगिवब नेपाली, त्रिरत्न शाक्य, प्रदिप शाक्यलगायत ३० जना लेखक तथा साहित्यकारको उपस्थिति रहेको सहयोग समितिका सचिव कृष्ण प्रजापतिले बताए।