नेपाल समाचारपत्र
काठमाडौं
रकारले स्थानीय निकायको निर्वाचनको घोषणा गरेपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा व्यापक सरुवा गरेको छ। निर्वाचन आयोगले आचार संहिता जारी गर्ने घोषणा गरेसँगै मन्त्रालयले दुवै संगठनका उच्च अधिकारीको सरुवा गरेको हो।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकहरू बमबहादुर भण्डारीलाई महानगरीय कार्यालय रानीपोखरी, पंकज श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मिङमार लामा महानगरीय ट्राफिक प्रहरी महाशाखा, कमलसिंह बम अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पशुपति उपाध्याय प्रहरी प्रधान कार्यालय, गणेश केसी मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडा र रमेश भट्टराई पूर्व क्षेत्र प्रहरी कार्यालयमा सरुवा गरेको छ।
त्यस्तै प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय, देवेन्द्र सुवेदीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, विजयलाल कायस्थ मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत, मधुप्रसाद पुडासैनी पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, माधवप्रसाद जोशी प्रहरी प्रधान कार्यालय, केसरीराज घिमिरे प्रहरी प्रधान कार्यालय, माधवप्रसाद नेपाल प्रहरी प्रधान कार्यालय, हेमन्तबहादुर पाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो, गोविन्दप्रसाद निरौला प्रहरी प्रधान कार्यालय, रोमेन्द्रसिंह देउजा सुदूरपश्चिम क्षेत्रीय कार्यालय दीपायल, विजयकुमार भट्ट प्रहरी प्रधान कार्यालय र सुदीप आर्चाय राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंह दरबारमा सरुवा भएका छन्।
त्यसै गरी मन्त्रालयले सशस्त्र प्रहरी बलका डीआईजीहरू दिवाकर केसी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय, जानकीराज भट्टराई वराह वाहिनी पूर्व क्षेत्र, निराक्रमविक्रम शाह सशस्त्र प्रहरी महानगरीय आयुक्तको कार्यालय बलम्बु, सुबोध अधिकारी मुक्तिनाथ बाहिनी पोखरा, खडानन्द चौधरी मद्दति सेवा निर्देशनालय, नरेन्द्रकमार सिंह रुद्र वाहिनी पथलैया, सुरज श्रेष्ठ कार्य विभाग, अरबिन्द्र धिताल मुख्यालय, राजेश श्रेष्ठ अन्वेशण तथा विकास निर्देशनालय रहेका छन्।
त्यसै गरी बाबुराम पाण्डे व्यावसायिक तथा गुणस्तर निर्देशनालय, खड्कबहादुर राई वैद्यनाथ बाहिनी दीपायल, वसन्तकुमार बानिया महेश्वरी बाहिनी सुर्खेत र मन्दीप श्रेष्ठ प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ सरुवा गरिएको छ।
प्रतिक्रिया