साढे पाँच करोड सहयोग प्राप्त



पोखरा, ११ फागुन । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा सुरु भएको महाशिवपुराण महायज्ञको आठौँ दिनसम्म रु पाँच करोड ५० लाख सहयोग प्राप्त भएको छ ।

विशाल महादेवको मूर्तिलगायतका संरचना निर्माण गर्ने उद्देश्यका साथ सो महायज्ञ भइरहेको छ । पुम्दीकोटलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यका साथ १०८ फिटको महादेव मूर्तिसहित कोट मन्दिर, सङ्ग्रहालय, सहिद स्मृति पार्कजस्ता संरचना निर्माण गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयो ।

महायज्ञको आठौँ दिन मङ्गलबार मात्र रु ५७ लाख सहयोग सङ्कलन भएको महायज्ञ प्रचारप्रसार उपसमितिका संयोजक माधव रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्गलबार श्री कृष्ण भजन मण्डली तथा लुकुन्स्वाँरा, लैसिबोट आमा समूह, पोखराबाट रु २५ लाख ९३ हजार, धनिराम बरालबाट रु दुई लाख ५१ हजार ५०१, गङ्गाप्रसाद सुवेदीबाट रु दुई लाख २५ हजार पाँच, बिएनबि हाउजिङ पोखराबाट रु दुई लाख २५ हजार ५२५, टाईगर ग्रुप पोखराबाट रु दुई लाख २५ हजार, पश्चिमाञ्चल होटल व्यवसायी सङ्घबाट रु दुई लाख २५ हजार, नन्दप्रसाद आचार्यबाट रु दुई लाख २५ हजार ५५५ र नासु सिंहबहादुर गुरुङबाट रु दुई लाख २५ हजार १५५ सहयोग प्राप्त भएको छ ।

त्यस्तै बिन्दु कुमार र ध्रुवबहादुर थापाबाट रु एक लाख ८६ हजार २२२, श्रीबहादुर रानाभाटबाट रु एक लाख एक हजार १११, निमराज पौडेलबाट रु एक लाख एक हजार १११, ईश्वर थापाबाट रु एक लाख ११ हजार १०८, टीकाराम बरालबाट रु एक लाख ११ हजार १११, ज्ञानेन्द्रप्रसाद सिग्देलबाट रु एक लाख एक र नरपति देवकोटाबाट रु एक लाख एक हजार ५५५ सहयोग प्राप्त भएको मूल आयोजक समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्