टिपर व्यवसायी संघमा श्रेष्ठ



काठमाडौ (नेस)
नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको हालै सम्पन्न छैटौ वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले गणेशलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिका अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा दिलबहादुर श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुमन बोगटी, द्वितीय उपाध्यक्षमा रामकुमार चापागार्इं र तृतीय उपाध्यक्षमा दिलीप पौडेल रहेका छन्।

त्यसैगरी सचिवमा अमर श्रेष्ठ, सहसचिवमा शिव ओझा, कोषाध्यक्षमा मीनबहादुर भण्डारी (ध्रुव), सहकोषाध्यक्षमा प्रदीप बस्नेत सदस्यहरूमा नवराज चालिसे, मनोज कार्की, अर्जुन श्रेष्ठ, सन्तोष अधिकारी, कुमार श्रेष्ठ, रामकुमार डल्लाकोटी, मुना पुरी मगरलगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्