राजदूतको योग्यता ?


राजदूत हुन के कस्तो योग्यता चाहिन्छ? के के काम गरेका व्यक्ति राजदूत हुन्छन्? यो आम मानिसको चासोको विषय हो। धरहराले पनि राजदूतको योग्यताको बारेमा चासो राख्दै आएको थियो। सरकारले सोमबार १४ मुलुकमा राजदूत नियुक्त गरेपछि राजदूतको योग्यता कस्तो हुनुपर्छ भन्ने छर्लङ्ग भएको छ।

मुलुकको प्रतिनिधित्व गर्ने व्यक्ति पक्कै पनि पढेलेखेको विद्वान् हुनुपर्ने हो तर राजदूतको नाम सुनेपछि धरहरा झसङ्ग भएको छ। यसमा त म्यानपावरका दलाल, नेतालाई पैसाका बिटाले छोप्न सक्ने पो हुनुपर्ने अवस्था रहेछ।
धरहरा वरपर केही भन्दै थिए– ‘होइन यो देश कसले चलाएको छ? नेताले चलाएको भए यस्ता मान्छे पक्कै राजदूत हुँदैन थिए होला। यस्तालाई राजदूत बनाएर पठाएपछि मुलुकको हालत के होला? सरकारले राजदूतको नाम सार्वजनिक गरेपछि धरहरालाई पनि राजदूत हुन मन लाग्या छ भन्या। सरकारले नाम सार्वजनिक गरेका ‘लाजदूत’भन्दा त धरहराले नै केही गर्न सक्छ। तर के गर्नु दलाल परिएन। नत्र त पड्काइने रहेछ। कि कसो पाठकवृन्द?