ढुकुटीमा सरकारको २१७ अर्ब मौज्दात

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
पुस मसान्तमा आफ्नो ढुकुटीमा सरकारको २१७ अर्ब ६१ करोड रुपिया“ नगद मौज्दात रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकाले उक्त नगद मौज्दात रहेको हो।
समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ५५ दशमलब ७ प्रतिशतले वृद्धि भई २४८ अर्ब २० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३ दशमलब ७ प्रतिशतले बढेर १५९ अर्ब ४० करोड पुगेको थियो। त्यस्तै चालू खर्च बढेर १९६ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १२६ अर्ब १ करोड रहेको थियो। पु“जीगत खर्चतर्फ ३० अर्ब ९७ करोड भएको छ। अघिल्लो वर्ष यस्तो खर्च १३ अर्ब ६३ करोड भएको थियो। तथापि विविध शिर्षकमा भएको खर्च वार्षिक बजेट अनुमानको तुलनामा न्यून नै रहेको राष्ट्र बैंकको भनाइ छ।
यसैगरी कुल राजस्व संकलन ६८ दशमलब ९ प्रतिशतले वृद्धि भई २७७ अर्ब ५७ करोड रुपिया“ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा राजस्व १३ दशमलब ७ प्रतिशतले घटेर १६४ अर्ब ३३ करोड रुपिया“ पुगेको थियो। मूल्य अभिवृद्धिकर, भन्सार, आयकर, अन्तःशुल्कलगायतका राजस्वका शीर्षकहरू उच्च दरमा बढेकाले सरकारको कुल राजस्व संकलनको वृद्धिदर उच्च रहन गएको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको पहिलो छ महिनामा १५७ अर्ब ५२ करोड रुपिया“ बचतमा रहेको चालू खाता समीक्षा अवधिमा वस्तु आयात उच्च दरले बढेको कारण १ अर्ब ८ करोडले घाटामा गएको छ। अघिल्लो वर्षको छ महिनासम्ममा १३९ अर्ब ७५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ४५ अर्ब २ करोडले बचतमा रहेको छ। पु“जीगत ट्रान्सफर ७ अर्ब ९३ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ७ अर्ब ३९ करोड रुपिया“ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पु“जीगत ट्रान्सफर ७ अर्ब ४१ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९३ करोड रहेको थियो।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको १०३९ अर्ब २१ करोडबाट ४ दशमलब ८ प्रतिशतले वृद्धि भई पुस मसान्तमा १०८८ अर्ब ८५ करोड रुपिया“ रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तको ८८७ अर्ब १ करोडको तुलनामा पुस मसान्तमा ४ दशमलब ७ प्रतिशतले वृद्धि भई ९२८ अर्ब ७४ करोड रहेको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंकबाहेक) स“ग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तको १५२ अर्ब २० करोडको तुलनामा ५ दशमलब २ प्रतिशतले वृद्धि भई १६० अर्ब ११ करोड पुगेको छ। कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २१ दशमलब ९ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७३÷७४ को छ महिनासम्ममा नगद प्रवाहमा आधारित सरकारको बजेट ८० अर्ब ३७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २८ अर्ब ९३ करोड रहेको थियो।