भीमबहादुर पन्त
नेपालमा शिक्षित बेरोजगारी समस्या दिनानुदिन वृद्धि हु“दै गएको छ। शिक्षित जनशक्तिको उत्पादन जुनरूपमा भएको छ, सोहीअनुरूपमा रोजगारीको अवसरहरु सिर्जना हुन नसक्दा नेपालका होनहार युवा जनशक्ति विदेशिन बाध्य छन्। राष्ट्रिय जनगणना २०६८ का अनुसार करिब ४० लाख युवा वैदेशिक रोजगारीका सिलसिलामा विदेशिएका छन्। विदेशिने अधिकांश युवाजनशक्ति पहाडी क्षेत्रका छन् र श्रीमान्् वैदेशिक रोजगारीमा जानासाथ श्रीमती सुखको खोजीमा कर्मथलोलाई चटक्कै छोडी सक्नेले सदरमुकाम ताक्ने, नसक्नेहरु पनि बूढा भएका सासूससुराको सेवा गर्न छाडी सडकले छोएका सानातिना बजारमा किन नहोस् स्थायी तथा अस्थायीरूपमै भए पनि बसाइ“ सर्ने परिपाटी मौलाएको छ। जसका कारण वार्षिक दुई पटक खेती हुने फा“टहरु बा“झै रहने गरेका छन्। यही परिपाटी रहिरहने हो भने भविष्यमा अझ विकराल रूप लिने र उत्पादनमा कमी आई आयातित खाद्यान्यमा निर्भर हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न।
नेपालको आर्थिक अवस्था रेमिट्यान्समा निर्भर छ भन्ने गरिन्छ। २०६८ को जनगणनाअनुसार नेपालका ५७ प्रतिशत घरधुरीमा रेमिट्यान्स आय भित्रिन्छ। हाम्रो जस्तो आयातित व्यापारमा निर्भर अर्थतन्त्र रेमिट्यान्समा कमी आउ“दा पनि तर्सनुपर्ने स्थिति छ। गाउ“मा पहिला लाहुरे संस्कृति हाबी थियो भने हाल आएर वैदेशिक रोजगारी प्रमुखरूपमा देखिन्छ। कृषिमा आधुनिकीकरण हुन नसकेको र रोजगारीको पर्याप्त विकल्प नभएकाले वैदेशिक रोजगारीको अवसर पनि नहुने हो भने बेरोजगार नेपाली युवाको ठूलो जमात विभिन्न अपराधजन्य क्रियाकलापमा संलग्न हुने निश्चित छ। आफ्नो देशमा रोजगारीका अवसर नपाएकाले बाध्य भई वृद्ध बाबुआमा, भर्खर वैवाहिक जीवनमा बा“धिएकी नवबधुलाई चटक्कै छोडेर विदेशिने इच्छा कसैको पनि हु“दैनथ्यो होला। बाध्यताले जस्तोसुकै कठिन परिस्थितिमा पनि सहनुको अर्को विकल्प रह“दैन।
विगत धेरै वर्षदेखि नेपाली युवाहरुको रोजगारीको राम्रो गन्तव्य विदेशी सेना (ब्रिटिस र भारतीय सेना) रह“दै आएको थियो र छ पनि। भारतीय सेनामा मात्रै करिब ५० हजार नेपालीले काम गरिरहेका छन् भने भारतीय सेनाबाट अवकाश पाएका डेढ लाख पेन्सनर नेपाली छन्। सन् २०१४÷०१५ को आर्थिक वर्षमा भारतले नेपालमा २५ अर्ब १२ करोड रुपिया“ बराबरको पेन्सन वितरण गरेको थियो। तर, स्वदेशमा सुविधायुक्त रोजगारीको अवसर सिर्जना गर्न नसक्ने अनि विदेशमा गएर भए पनि रोजगारी गरी आफ्नो आर्थिक हैसियत सुधार गरेको देख्न नसक्ने गलत प्रवृत्ति यहा“ विद्यमान छ। जुनसुकै क्षेत्रमा पनि राजनीति गरेकै कारण नेपाल कहिल्यै उ“भो लागेन, यही प्रवृत्ति रहिरहने हो भने नेपाल झन्–झन् कमजोर हु“दै जाने र विकासोन्मुख होइन कि अत्यन्त गरिब मुलुकमा दर्ज हुने सम्भावनालाई नकार्न सकि“दैन।
भारतीय र बृटिस सेनाको रोजगारी गुमाउनु भनेको नेपालमा बेरोजगारीको लाखौं संख्यामा थप हुनु हो। नेपालमा सरकारी सेवामा करिब ३ लाख, बैंकिङ क्षेत्र तथा संस्थानहरुमा केही नगन्य मात्रामा कार्यरत छन्। करिब ४० लाखको हाराहारीमा वैदेशिक रोजगारीमा संलग्न छन् भने यस्तो महŒवपूर्ण क्षेत्रको नकारात्मक टीकाटिप्पणी गर्नु जायज हु“दैन। यस्ता घटना नै भएका छैनन् भन्ने होइन, एकादुई घटनालाई तिलको ताड बनाई उछाल्नु कति जायज होला ? नेपालीको ठूलो संख्या रहने मुलुकहरुमा राजदूतावास, श्रम सहचारी राखिएकै छन्। तिनीहरुलाई अझ सक्रिय तुल्याउन भने जरुरी छ। रोजगार प्रदान गर्ने मुलुकले पनि आफ्नो चर्चा–परिचर्चा बढी भएको रुचाउ“दैन। बृटिस सेनामा नेपालीको प्रवेशलाई कम गर्दै लगिरहेको छ, हेर्दै जाउ“ एक दिन वीर गोर्खा शालिक, पार्कमा सीमित हुन बेर छैन। पूर्वबृटिस सेनाको जायज मागलाई सम्बोधन गर्ने निहु“मा राजनीति गरेको बृटिसजस्तो शक्तिशाली विकसित मुलुकले राम्रैस“ग नियाली रहेको छ। विश्वको पहिलो प्रजातान्त्रिक मुलुक भएको नाताले विश्व जगतमा नेगेटिभ इम्पेक्ट पर्ने हो कि भनी केही लचकता अपनाएको मात्रै हो। बृटिस त्यत्ति अबुझ छैनन्, केही गुन तिरेका हुन् भने विश्वमा आफ्नो छवि धमिल्याउन नचाहेर मात्रै पूर्वगोर्खाजको आन्दोलनलाई क्रमिकरूपमा सम्बोधन पनि गर्दै गएका छन्। बृटिस सरकार गोर्खाजहरुको मागलाई क्रमिकरूपमा सम्बोधन गर्दै गएको विषयलाई युरोपको शक्तिशाली मुलुकले सहजरूपमा लिएको ठान्नु गलत हुन्छ। बृटिस नागरिक सरह नै सेवा सुविधा दि“दै जाने हो भने बृटिसले नेपालमा रहने बस्ने पूर्वगोर्खाजहरुलाई गोर्खाजहरुको बाहुल्य रहेको क्षेत्रहरूमा स्कुल भवन र स्वास्थ्य चौकी निर्माणका साथै खानेपानी आयोजना सञ्चालन, बृटिस क्याप स्थापना जस्ता कल्याणकारी योजनाको औचित्यता रह“दैन।
यस्ता कार्यक्रमका अतिरिक्त डीएफआईडी जस्ता संस्थाबाट विभिन्न प्रोजेक्टहरु सञ्चालनमा नै छन्। अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन प्रत्यक्ष सहयोगका क्षेत्र मात्र होइन कि अप्रत्यक्ष संलग्नताका विषयलाई पनि नजरअन्दाज गर्नुहु“दैन। नेपाल जस्तो अति कम विकसित मुलुकले विश्व जगत्मा आफूलाई स्थापित गराइरहन बुद्धिमत्तापूर्ण कार्यशैली अपनाउन जरुरी छ। छेउ न टुप्पाको, अश्लील, अभद्र, गालिगलौजपूर्ण शैलीमा फेसबुकमा स्टाटस लेखेजस्तो अशोभनीय अभिव्यक्तिले कहिल्यै भलो गर्दैन। यसले बुद्ध जन्मस्थल, पाशुपत् क्षेत्र, सगरमाथाको देशजस्ता विभूषणसमेत गुम्ने खतरा रहन्छ। तसर्थ संयमता, धैर्यता नगुमाई नेपालप्रति सकारात्मक सोचका साथ भ्रातृत्वपूर्ण व्यवहार गर्ने नेपालका शुभचिन्तक मित्रराष्ट्रहरुको मन जित्ने गरी प्रस्तुत हुन नितान्त जरुरी छ।
(लेखक अवकाशप्राप्त सशस्त्र प्रहरी उपरीक्षक हुनुहुन्छ।)
प्रतिक्रिया