साहिदसँग सम्बन्ध खराप सपना सरह !

0
Shares

बलिउड नायिका कंगना रनावतले साहिद कुपुरसँग समय शेयर गर्नु आफ्नो लागि नराम्रो सपनासरह भएको खुलासा गरेकी छिन्। कंगनाले भारतीय सञ्चारमाध्यमसँग हालै कंगनाले सो खुलासा गरेकी हुन्। साहिदको एक बानीलाई लिएर उनले यस्तो खुलासा गरेकी हुन्। कंगनाले एक अन्तरवार्ताको क्रममा कंगनाले भनेकी छिन्– ‘हामी टाढाको ठाउँमा सुटिङ गर्दै थियाँं। जहाँ एउटा सानो कटेज बनाइएको थियो। साहिद र म त्यही कटेजमा आफ्नो टिमसँग बस्थ्यौं। हरेक दिनजस्तो मेरो निद्रा पागल जस्तो हिपहप म्युजिकले गर्दा खुल्ने गथ्र्यो। जुन सुनेर साहिद एक्सरसाइज गर्थे। म्युजिकको चर्को आवाजका कारण मलाई यति गाह्रो अनुभव हुन्थ्यो कि मैले अर्को ठाउँमा सर्ने निर्णय गरें’, उनको भनाइ थियो– ‘साहिदसँग कटेज शेयर गरेर बस्नु मेरो लागि एउटा नराम्रो सपना पार गर्नु जस्तै भएको थियो।’

बलिउडको केही मिडियाले जनाएअनुसार जब फिल्म रंगुनको सुटिङ चल्दै थियो, त्यो बेला यसका मुख्य पात्र नायिका कंगना र साहिदबीच कोल्ड वार चलिरहेको भन्ने हल्ला थियो। तर, साहिदले सुटिङका बेला सबैसँग राम्रो सम्बन्ध रहेको बताउँदै आएका थिए। कंगना भने मौन बसेकी छिन्।