गुडलाइफको ट्रिट क्रिम रोल बजारमा

0
Shares

काठमाडौं, (नेस)
एसियन बिस्कुट एन्ड कन्फेक्सनरीले नयाँ उत्पादन ‘ट्रिट क्रिम रोल’ चकलेट वेफर नेपाली बजारमा आएको छ। ट्रिट क्रिम रोल, रोल वेफरहरूको वर्गमा एउटा नयाँ आयाम भएको कम्पनीले जनाएको छ।

ट्रिट क्रिम रोलको बाहिरी भागमा क्रिस्पी वेफर रहेको र भित्री भाग क्रिमले भरिएको कम्पनीको भनाइ छ। पाँच रुपियाँमा पाइने क्रिम रोल वेफर, चकलेट, स्ट्रबेरी, ओरेन्ज र मिल्क स्वादमा उपलब्ध रहेकोछ। सन् २०१२ मा सुनसरीको दुहबीमा स्थापना भएको एसियन बिस्कुट एन्ड कन्फेक्सनरी नेपालकै सबैभन्दा ठूलो बिस्कुट र कन्फेक्सनरी उत्पादक रहेको कम्पनीको दाबी छ।