रिसाइन् अनुश्का

0
Shares

बलिउड अभिनेतृ अनुश्का शर्मा हिजोआज निकै रुष्ट छिन्। उनी यसपालि भारतीय सञ्चारमाध्यमा आएको एक समाचारालाई लिएर रुष्ट भएकी हुन्।
भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार अनुश्का आफ्ना प्रेमी क्रिकेटर विराट कोहलीले आफ्नो प्रोडक्सनको दोस्रो फिल्म फिल्लौरीमा पैसा लगानी गरेका छन् भन्ने समाचार आएपछि रिसाएकी हुन्। अनुश्काका अनुसार फिल्म क्लिन स्लेट फिल्मसको ब्यानरमा बन्नेछ। मिडियाहरूले विराटले उक्त फिल्ममा आफ्नो पैसा लगाइरहेका छन् भन्ने खबर दिइरहेका थिए। यस फिल्ममा अनुश्काको मुख्य भूमिका रहेको छ।

२८ वर्षीया यी अभिनेतृले भनेकी छिन् कि उनको ब्यानरको अलावा अर्काे एक स्टुडियोले पनि फिल्म निर्माणका लागि पैसा हालेको छ। उनले इन्साट्राग्रामको एक पोस्टमा लेखेकी छिन्– ‘फिल्म फिल्लौरीको निर्माण फक्स स्टुडियो र क्लिन स्लेट फिल्म्स्ले गरेको हो। तर, अन्य कुराको दावा गर्ने टिभी च्यानल, अखबार तथा वेबसाइटहरूले कृपयाँ तथ्यको जाँच गर्नुहोला। पत्रकारिताको काम जिम्मेवारीका साथ गर्नु र केही सरम पनि मान्नुपर्छ।’

भारतीय सञ्चारमाध्यमले स्र्रोतलाई उद्धृत गर्दै जनाएअनुसार अनुश्काले यस्ता प्रकारका खबरले उनको वर्षभरिको कडा मेहनतलाई पानीमा मिलाइदिन्छ भन्दै आपत्ति जनाएकी छिन्।