शिक्षाका लागि टेस्ट ड्राइभ

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा हालै शिक्षाका लागि टेस्ट ड्राइभ नामक सामाजिक अभियानको बुधबार एक समारोहका बीच समापन गर्यो। सो अभियानमा टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरूलाई देशका विभिन्न विद्यालयहरूमा टेस्ट ड्राइभका लागि राखिएको थियो। कम्पनीले हरेक टेस्ट ड्राइभबापत विद्यालयहरूलाई रु. ५ सय प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

सो अवसरमा शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी भएका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरूलाई चेक हस्तान्तरण गर्नुभयो। सो अवसरमा विद्यालयहरूले उक्त रकमलाई छात्रवृत्ति कोष खडा गरी विपन्न तथा जेहेनदार विद्यार्थीहरूको शिक्षाका लागि प्रयोग गर्ने योजनासमेत बनाइसकेको कुरा जानकारी गराएका थिए। प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा शिक्षाको महत्त्व एवम् प्रचारका लागि सो अभियानले विशेष भूमिका निर्वाह गरेको बताउनुभयो।

यसैक्रममा टाटा मोटर्स्, पीभीआईबी नेपालका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले नेपालमा परिवारको कमजोर आर्थिक अवस्थाका कारण थुप्रै बालबालिकाहरू शिक्षाबाट वञ्चित हुने अवस्था रहेको बताउँदै त्यसको अन्त्यका लागि सो अभियान चलाइएको धारणा राख्नुभयो।

गत असोजमा धापाखेल र सानेपास्थित जेम्स स्कुलबाट शुरू गरिएको टेस्ट ड्राइभ अभियान नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रको ११ वटा शहरहरूअन्तर्गत २४ वटा विद्यालयहरूमा गरिएको थियो।

साथै सो अभियानमा १० हजारभन्दा बढी अभिभावकहरू भएको बताइएको छ।